१९ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-मा शीर्ष स्थानको रेसमा सामेल दुई टीमबीच खेलिएको म्याचमा लखनऊ सुपर जाइण्ट्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गऱ्यो। बुधवार जयपुरको सवाई मानसिंह स्टेडियममा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै लखनऊ सुपर जाइण्ट्सले २० ओभरमा ७ विकेट गुमाएर १५४ रन बनायो। ओपनर काइल मायेर्सले सर्वाधिक ५१ रन (४२ बल, ३ वटा छक्का र ४ वटा चौका) बनाए। यसबाहेक कप्तान केएल राहुलले ३९, निकोलस पूरनले २९ र मार्कस स्टोइनिसले २१ रन बनाए। लखनऊ सुपर जाइण्ट्सका बलरहरूमा रविचन्द्रन अश्विनले सर्वाधिक २ विकेट लिए। जवाफमा लखनऊ सुपर जाइण्ट्सले २० ओभरमा ६ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो। ओपनर यशस्वी जयसवालले सर्वाधिक ४४ र उनका साथी ओपनर जोस बटलरले ४० रन बनाए। यसबाहेक देवदत्त पडिक्कलले २६ रनको योगदान दिए। लखनऊ सुपर जाइण्ट्सका बलरहरूमा अवेश खानले सर्वाधिक ३ विकेट लिए। यसबाहेक स्टोइनिसले २ विकेट हासिल गरे।










