निर्माण कार्यहरूको निम्ति एडवार्ड्सले दिए सर-सामग्री

Screenshot_20230420_004040_WhatsApp.jpg

भालूखोप समाजले जनाए आभार

दार्जीलिङ: भालुखोप समाज र मन्दिर निर्माण कमिटिले क्षेत्रिय सभासद सन्नी बम्जन र हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड्सप्रति आभार प्रकट गरेका छन्।तकदाह ग्लेनवर्ण समष्टि अन्तर्गत भालूखोप गाउँमा सार्वजनिक भवनको निर्माण अघिबाटै भएको भएतापनि सार्वजनिक भवनमा शौचालय नभएको कारणले गर्दा कार्यक्रमहरूको आयोजना गर्दा धेरै समस्याहरू झेल्न परिरहेको थियो।
यसै संदर्भमा भालूखोप समाजले क्षेत्रिय सभासद सन्नी बम्जन समक्ष शौचालय निर्माणको निम्ति अनुरोध गर्दा सभासद बम्जनले पार्टी अध्यक्ष अजय एडवाडर्सको माध्यमद्वारा शौचालय निर्माणको निम्ति चाहिने सिमेट, ईटा, बालूवा आदि जस्ता सर-सामग्रीहरू प्रदान गरेका छन्। यस कुराको जानकारी भालूखोप समाजका सचिव नयन गुरूङले दिएका छन्।
यता गत केही समय अघिदेखि भालूखोप गाउँमा मन्दिर निर्माणको कार्य पनि चलीरहेको छ। क्षेत्रिय सभासद सन्नी बम्जनले यस निर्माण कार्यको निम्ति पनि पार्टी अध्यक्ष अजय एडवाडर्सलाई जानकारी गराएर मन्दिर निर्माणको निम्ति पनि सिमेट,बालुवा आदि जस्ता सर सामग्री प्रदान गरेको समाजका सचिव गुरूङले बताए।
क्षेत्रिय सभासद सन्नी बम्जन र हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड्सप्रति भालूखोप समाज अति नै आभार रहेको कुरो समाजका सचिव नयन गुरूङले दोहोरयाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement