दार्जीलिङ: टेट परिक्षाको नाममा ४० हजारभन्दा धेरै हाम्रा युवा भाइ-वहिनीहरूलाई ठग्ने काम गरेको हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड्सले आरोप लगाएका छन। अध्यक्ष अजय एडवाडर्सले बताए अनुसार गत केही बर्ष अधि दार्जीलिङको सत्ता दलका नेतृत्वहरूले चूनाव जित्नलाई एंव पहाडका स्कूलहरूमा शिक्षक एंव शिक्षिकाहरूको नियुक्तिहरूलाई लिएर टेट परिक्षाको आयोजना गरेका थिए अनि उक्त टेट परिक्षामा ४० हजारभन्दा धेरै परिक्षार्थीहरूले अंशग्रहण गरेका थिए, जसमा १४ हजारभन्दा धेरै परिक्षार्थीहरू मुम्बई, दिल्ली, हैदराबाद आदि जस्ता क्षेत्रहरूमा नोकरी गर्दै थिए, ती परिक्षार्थीहरूले आफु जन्मेको भूमिमा नै नोकारी गरेर जीविका चलाउने सोच लिएर टेट परिक्षामा अंशग्रहण गर्न आएका थिए। यति मात्र होइन विदेशमा नोकरी गर्दैगरेकाहरू पनि परिक्षामा अंशग्रहण गर्न आएका थिए तर धेरै बर्ष वितिसक्दा पनि टेट परिक्षाको कुनै परिणाम नआउँदा परिक्षार्थीहरूको मनमा संदेह उत्पन्न भएकै थियो जसको खुलासा जीटीएको पूर्व चेयरम्यान एंव बर्तमान सभासद विनय तामाङले गरीदिएका छन्, हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताए।तिनले अझ भने, टेट परिक्षा केवल चूनाव जित्नलाई अप्नाएको एक कार्ययोजना मात्र थिएछ। हाम्रा युवा भाइ-वहिनीहरूको भविष्यसंग यसरी खेलवाड गर्न उचित होइन। अजय एडवाडर्सले अधि भने, हामी हाम्रा युवा भाइ वहिनीहरूको भविष्यसंग खेलवाड गर्नेहरूलाई छोडने छैनौ, सजाय दिलाएरै छोडने छौ।
तिनले अधि भने, कोरोना संक्रमणकालको समयमा चियाबगान श्रमिकहरूलाई आर्थिक सहयोग पूराउने हेतुले जीटीए चेयरम्यान रिलिफ फण्ड संग्रह गरिएको थियो अनि उक्त रिलिफ फण्डमा खरसाङको एक परिवारले चिया श्रमिकहरूको अवस्थामाथि चिन्ता ब्यक्त गर्दै मरौमा संग्रह भएको राशी समेत प्रदान गरेका थिए तर सत्ता चौकीमा बस्नेहरूले श्रमिकहरूको नाममा संग्रह गरिएको राशी श्रमिकहरूलाई वितरण गर्नको साटो सिलगढीमा श्रमिक भवनको निर्माण गर्ने कुरा गरेर श्रमिकहरूलाई लटटाउने कार्य गरीरहेको छ।सिलगढीमा श्रमिक भवनको निर्माण गर्छु भन्नेहरूले अब बताउनु पर्छ श्रमिक भवनको निर्माण कार्य के कति भयो? भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले प्रश्न तेर्साए।









