गान्तोक: नाबालिकाको हत्यारालाई कडा भन्दा कडा सजाय दिनुपर्छ भन्दै आज आम्दो गोलाइदेखि जिल्लापाल कार्यालयसम्म एक ऱ्याली आयोजना गरियो। उल्लेखनीय छ, गत १४ अप्रेलको दिन ताथाचेन निवासी प्रितम शर्माले एक नाबालिगलाई दुष्कर्म गरेपछि हत्या गरेका थिए। आरोपी शर्मालाई पुलिसले १७ अप्रेलको दिन रानीपुलबाट पक्राउ गरेर सदर थाना ल्याइएको छ। हिजो आरोपीलाई न्यायालयमा प्रस्तुत गरेपछि रिमाण्डमा राखेको छ।

यसै घटनाको विरोध जनाउँदै आज विभिन्न संगठनका सदस्यहरूको पहलमा ऱ्याली आयोजना गरिएको हो। हत्यारालाई विशेष गरेर फाँसीको सजाय हुनु पर्ने माग लिएर आयोजित ऱ्यालीमा विभिन्न संस्थाका सदस्यहरूले सहभागिता जनाएका थिए।









