गान्तोक: राज्यको विभिन्न क्षेत्रमा भोलि २० अप्रेलको दिन सम्पन्न हुने पञ्चायत उपचुनाउको निम्ति आज नै इभीएम मशिन लिएर चुनाउ अधिकारीहरू प्रस्थान गरेका छन्। यसै क्रममा नाम्ची जिल्लाका पोलिङ अधिकारीहरू नाम्ची जिल्ला प्रशासनिक केन्द्रमा प्रस्थान गरेका छन्। जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न हुने उपचुनाउको निम्ति रिटर्निङ अधिकारी, चुनाउ पर्येवेक्षकले इभीएम सहित चुनाउ अधिकारीहरूलाई प्रस्थान गराए। चुनाउ अधिकारीहरूलाई मतदान केन्द्रमा प्रस्थान गराउन अघि पूनः एकपल्ट इभीएमको जाँच गरेको बताइएको छ।

भोलि अर्थात २० अप्रेलको दिन बिहान सात बजी मक पोल्सको आयोजना गरिने छ भने ८ बजीदेखि मतदान शुरू हुने भएको छ। बिहान 8 बजीदेखि शुरू भएको मतदान बेलुकी ५ बजीसम्म मतदान जारी रहनेछन्। यसरी नै मतगणना २१ अप्रेलको बिहान ८ बजीदेखि शुरू हुने भएको छ। नाम्चीको लोवर ग्याङयोङ वार्डमा पञ्चायतको निम्ति चुनाउ हुने भएको छ भने उक्त वार्डमा कूल ६१२ जन मतदाता रहेका छन् भने यसरी नै अप्पर छलामथाङमा ५५८ जना मतदाताहरू रहेका छन्।









