जिल्लास्तरीय घटना प्रतिक्रिया प्रणालीमाथि चर्चा परिचर्चा

IMG-20230419-WA0274.jpg

गान्तोक: पाकिम जिल्लाकको निम्ति जिल्लास्तरीय घटना प्रतिक्रिया प्रणालीमाथि चर्चा परिचर्चा गर्नको निम्ति घटना प्रतिक्रिया प्रणालीको एक बैठक पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलको कक्षमा सम्पन्न भयो। यस अवसरमा सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणका वरिष्ठ सल्लाहकार केशव कोइरालाले घटना प्रतिक्रिया प्रणाली (आईआरएस) को संरचना र ढाँचा र यसको कार्यहरूबारे विस्तृतरूपमा जानकारी गराए। उनले प्रणाली कार्यान्वयनमा इन्सिडेन्ट रेस्पोन्स सिस्टम अर्गनाइजेसन (आईआरएसओ) को भूमिका र जिम्मेवारीबारे पनि चर्चा गरियो।

सिक्किम राज्य आपदा व्यवस्थापन प्राधिकरण राज्य सरकारको एक अंङ्ग हो र यसले प्रकोप रोकथाम, न्यूनीकरण, तयारी र व्यवस्थापनको लागि योजना, समन्वय र निगरानी गर्नको निम्ति नोडल संस्थाको भूमिका निर्वाह गर्दै आइरहेको जानकारी गराएको छ। एसएसडीएमले राज्यको लागि विपद् व्यवस्थापनमा परिस्थिति अनुसार विभिन्न नीतिहरू अप्नाउने गरेको जानकारी गराइएको छ। यसले राष्ट्रिय प्राधिकरणले तोकेको दिशानिर्देश अनुसार विपद् व्यवस्थापन योजना स्वीकृत गर्दछ र यसको कार्यान्वयनमा समन्वय गर्दछ। यसले सरकारद्वारा न्यूनीकरण, क्षमता अभिवृद्धि र पूर्वतयारीका लागि गरिएका उपायहरूको समीक्षा र आवश्यकता अनुसार दिशानिर्देशहरू जारी गर्दै आइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement