कोलकाता: प्राथमिक शिक्षक पात्रता परीक्षा (टेट) पास गरेको ९ वर्षपछि अन्ततः कलकत्ता हाईकोर्टको आदेशमा एक युवतीले नौकरी पाउन गईरहेकी छन्। उसको नाम अम्बिका दास गांगुली हो। उत्तर २४ परगनाकी अम्बिकाले लामो समयदेखि कोर्टमा कानूनी लड़ाई लडिरहेकी थिइन्। २००९ मा उसले शिक्षक नियुक्ति विज्ञप्ती देखेपछि २०१२ मा परीक्षा दिएकी थिइन्। इन्टरभ्यू २०१४ मा भएको थियो र २०२१ मा मेरिट लिस्ट जारी गरिएको थियो। त्यसमा उसको नाम थिएन।
यसपछि जब उसले आरटीआई गरिन् तब मेरिट लिस्टमा जो सबैभन्दा तल छ, उसको तुलनामा उसले दोबर नम्बर हासिल गरेकी छन्। यसपछि उसले हाईकोर्टको ढोका ढकढकाएकी थिइन्। बुधवार न्यायमूर्ति अभिजीत गांगुलीले भने, शिक्षा परिषदले तुरन्तै अम्बिका दास गांगुलीलाई नौकरी दिनपर्नेछ। तत्काल नियुक्ति पत्र मिलोस्, यो सुनिश्चित गरी कोर्टलाई तुरन्तै जानकारी दिनुहोस् यदि यसमा फेल भए कारबाही हुनेछ।









