एयरबस डिफेन्ससित गत वर्षको सेप्टेम्बरमा फाइनल बेको थियो ५६ विमानहरूको सौदा – दश वर्षभित्रमा टाटा कन्सोर्टियमले भारतमै ४० परिवहन विमानहरूको निर्माण गर्नेछ
नयाँ दिल्लीः भारतीय वायु सेनाको लागि फ्रान्सेली कम्पनी एयरबस डिफेन्स एण्ड स्पेसले पहिलो सी-२९५ ट्रान्सपोर्ट सैन्य परिवहन विमान तयार गरेको छ। फ्रान्सको कम्पनीले १६ वटा विमान स्पेनमा तयार गरेर भारतलाई ‘फ्लाइंग मोड’ -मा आपूर्ति गर्नेछ। त्यसपछि दश वर्षभित्रमा टाटा कन्सोर्टियमले भारतमै ४० वटा विमानहरूको निर्माण गर्नेछ। पहिलो विमान तयार गरिएपछि त्यसलाई रंगरोदन गर्ने कार विगत केही दिनदेखिको भइरहेको थियो। फ़्रान्सेली कम्पनीसित गत वर्षको सेप्टेम्बर महिनामा 56 विमानहरूको सौदा फाइनल भएको थियो।
वायु सेनाले बुधवार फ्रान्सेली कम्पनी एयरबस डिफेन्स एण्ड स्पेसको एउटा भीडियो साझा गर्दै जानकारी गरायो, भारतलाई आपूर्ति गर्नको लागि पहिलो सी-२९५ ट्रान्सपोर्ट सैन्य परिवहन विमान तयार भइसकेको छ। एक मिनटको मात्र उक्त भीडियोमा विमानलाई रंगरोदन गर्ने सम्पूर्ण प्रक्रियालाई देखाइएको छ। विमानमा हल्का पहेंलो रंग लगाइएको छ र त्यसमाछि भारतीय वायु सेनाको पारम्परिक रंग ‘ग्रे’- को कोटिङ गरिएको छ। रंगरोदन गरिएपछि विमानको दुवैतिर हन्दी भाषामा ‘भारतीय वायु सेना’ र अंग्रेजी भाषामा ‘इण्डियन एयर फ़ोर्स’ लेखिएको छ। कम्पनीले भीडियोमा बताएको छ, भारतलाई आपूर्ति गर्नको लागि पहिलो विमान तयार भइसकेको छ।
रक्षा मन्त्रालय र स्पेनको कम्पनी एयरबस डिफेन्स एण्ड स्पेसबीच गत वर्षको २४ सेप्टेम्बरमा एउटा सम्झौतामा हस्ताक्षर भएको थियो। सुरक्षा सम्बन्धि क्याबिनेट समितिले ८ सेप्टेम्बरको दिन भारतीय वायु सेनाको लागि ५६ ट्रान्सपोर्ट विमानहरूको खरिदलाई स्वीकृति दिएको थियो। यसमा ४० वटा विमान दश वर्षभित्रमा टाटा कन्सोर्टियमले भारतमै बनाउनेछ भने १६ वटा विमान सोझै कम्पनीबाट चार वर्षभित्रमा ‘फ्लाइंग मोड’- मा भारतलाई आपूर्ति गरिनेछ। यो आफ्नो किसिमको पहिलो परियोजना हो जसमा निजी कम्पनीले टाटा भारतमा सैन्य परिवहन विमानको निर्माण गर्नेछ। सबै ५६ विमानहरूलाई स्वदेशी इलेक्ट्रनिक वारफेयर सूटको साथमा स्थापित गरिनेछ।









