हाईकोर्टको ठूलो फसेलाः चिटफण्डसित सम्बन्धित सबै मामिलाहरूको सुनवाई एउटै ठाउँ हुनेछ

Calcutta_highcourt.jpg

कोलकताः कलकत्ता हाई कोर्टका न्यायाधीश इन्द्र प्रसन्न मुखर्जीले बुधवार महत्वपूर्ण फसेला सुनाएका छन्। उनले भने, चिटफण्डसित सम्बन्धित सबै मामिलाहरूको सुनवाई एउटै ठाउँ हुनेछ। सारदा, रोज भ्याली, एमपीएस समेत अन्य मामिलाहरूमा २८ प्राथमिकी दर्ता छ र सबै सुनवाई अलग-अलग निम्न अदालतहरूमा भईरहेछ।

एमपीएसका मुखिया प्रवीण कुमार सहित अन्यले हाईकोर्टमा याचिका लगाएका थिए। त्यसमा सबै मामिलाहरूलाई एक ठाउँ क्लब गरिने माग गरिएको थियो ताकि सुनवाईमा र जाँचमा मद्दत होस्। यसैमा कोर्टले भन्यो, सबै मामिलाहरूको सुनवाई सीबीआईको विशेष अदालत (ब्याङ्कशाल कोर्ट) मा हुनेछ। कोर्टले भन्यो, यही तमाम मामिलाहरूको साक्ष्य दिइनेछ। सबै मामिलाहरू एक-अर्कासित सम्बन्धित भएकोले एकै ठाउँबाट सुनवाईमा केन्द्रिय एजेन्सीहरूलाई पनि सुविधा हुनेछ। उल्लेख्य, सारदा चिटफण्डका मालिक सुदीप्त सेन, रोजभ्यालीका मालिक गौतम कुन्डूलाई सीबीआई कोर्टबाट जमानत पाएपनि अलग-अलग मामिला लम्बित भएको कारण उनीहरू जेलदेखि बाहिर आउन सकेका छैनन्। यसैले अब तमाम मामिलाहरूलाई एक ठाउँ क्लब गर्दा एक कोर्टको फसेला मामिलामा अधिक प्रभावी हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement