महिला क्रिकेट टुर्नामेन्ट महिला सशक्तिकरणको प्रतीक पनिः राज्यपाल

Untitled-1-copy-127

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य आज माइनिङ, रम्फूमा आयोजित ‘सेकेण्ड सीका वुमन्स टुर्नामेन्ट २०२३’ को फाइनल खेलमा सहभागी बने। आक्रमण स्पोर्टिङ क्लब र योक्सम क्यापिटलबीच खेलिएको फाइनलमा योक्सम क्यापिटलले प्रतिद्वन्दी दललाई पराजित गरेर उपाधी आफ्नो नाम गऱ्यो। टुर्नामेन्टमा योक्सम क्यापिटलकी क्याप्टन छिरिङ ओङ्गमु लेप्चालाई ‘गवर्नर विशेष प्रतिभा सम्मान’ स्वरूप ५१ हजार रूपियॉं घोषणा गरियो। यसैगरी, छ उत्कृष्ट खेलाड़ीलाई ‘गवर्नर विशेष प्रतिभा सम्मान’ स्वरूप १०-१० हजार रूपियॉं घोषणा गरियो।राज्यपाल आचार्यले आफ्नो सम्बोधनमा देशमा क्रिकेट लोकप्रिय खेल रहेको बताउॅंदै आज यहॉं ऐतिहासिक क्षणको साक्षी बन्न पाउनु सबैको निम्ति गर्वको कुरा रहेको बताए। महिला क्रिकेटले महिलाहरूको अतुल्य प्रतिभाको प्रदर्शन मात्र गर्दैन, तर यो महिला सशक्तिकरणको प्रतीक पनि रहेको उनले बताए। उनले फाइनलमा पुग्न सफल खेलाड़ीहरूलाई बधाई दिॅंदै यसले खेलाड़ीहरूको कड़ा परिश्रम र समर्पणलाई दर्साउॅंछ भनी बताए। उनले समाजमा महिलाहरूले झेल्नु परिरहेका चुनौतीहरूमाथि प्रकाश पार्दै महिलाहरूलाई अवसर प्रदान गर्न सबैलाई एकजुट बनेर काम गर्न प्रोत्साहन प्रदान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement