एलबी दासले चारकोठे विद्यालय भवनको उद्घाटन गरे

Untitled-1-copy-125

पाकिमः राज्य खाद्य एवं नागरिक आपूर्ति विभाग मन्त्री एलबी दासले आज रम्फूमा चानाटार सरकारी माध्यमिक विद्यालयको नवनिर्मित चारकोठे विद्यालय भवनको उद्घाटन गरे। यस अवसरमा रम्फू नगर पञ्चायतका अध्यक्ष सन्जीत खाती, शिक्षा विभाग, पाकिमका सीईओ एबी छेत्री विशेष रूपमा उपस्थित थिए। मन्त्री दासले १४ जना ज्ञानका मूर्तिहरूको शिलान्यास पनि गरे। उक्त मूर्तिहरू विद्यालयका विभिन्न ठाउॅंहरूमा स्थापना गरिने छन्। कार्यक्रममा मन्त्री दासलाई विद्यालय र एसएमसीद्वारा सम्मानित गरियो।

उनले विद्यार्थीहरूसॅंग अन्तरक्रिया गर्दै शिक्षालाई प्राथमिकता दिएर आफ्ना सपनाहरूलाई पूरा गर्न आह्वान गरे। उनले विद्यालयमा सरकारद्वारा उपलब्ध गराइएका अतिरिक्त संसाधनहरूबाट सक्दो फाइदा उठाउन पनि आह्वान गरे। सीईओ छेत्रीले नयॉं शिक्षा नीति २०२० माथि प्रकाश पारे। उनले विद्यालयको निम्ति कुनै पनि आवश्यकता विभागको तर्फबाट पूरा गरिदिने आश्वासन दिॅंदै विद्यालयलाई अगाड़ि बढाउने योगदान दिने सबैप्रति कृतज्ञता व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement