काश्मीरः हालचालै काश्मीरमा कक्षा ३ मा अध्ययनरत छात्राको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चर्चामा आइन् । सीरत नाज नामकी यी बालिकाले आफ्नो विद्यालयको अवस्था सुधार्न भिडियोमार्फत प्रधानमन्त्री नरेन्द्र मोदीसँग अपिल गरेकी थिइन् । यी बालिकाले ठूलो भएपछि आइएएस अफिसर बन्ने इच्छा पनि व्यक्त गरेकी थिइन् तर यसका लागि विद्यालयमा आधारभूत सुविधा हुनु जरुरी रहेको बताइन् । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रशासन तुरुन्तै सक्रिय भयो ।विद्यालय शिक्षा निर्देशनालयका अधिकारीले सिरत पढ़ने विद्यालयको भ्रमण गरी त्यहाँ के–कस्ता सामग्री आवश्यक छ भन्ने जानकारी लिएका थिए ।
अर्कोतर्फ सीरत नाजले मिडियासँग भनेकी छिन्, ‘आफ्नो अपीलको तुरुन्तै फैसला भएकोमा म निकै खुसी छु । सिरतकी आमाले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिँदै विद्यालयको अवस्था सुधार्दा सबै बालबालिकालाई फाइदा हुने बताइन् । सीरतकी आमाले भनिन्, ‘मेरी छोरीलाई मोदीजीले पुरै देशको कुरा सुन्दा मेरो पनि कुरा सुन्नेछन् भन्ने विश्वास थियो ।अर्कोतर्फ सिरतको कुरा गर्ने हो भने उनी अहिले पुरै क्षेत्रमा चर्चामा आएकी छिन् र उनले भिडियोमा भनेका कुराको सर्वत्र प्रशंसा भइरहेको छ ।










