चुङथुङ मेरीबुङ तामसाङ समष्टिमा सभासद सन्दीप छेत्रीले गरे समाज घरको शिलान्यास

Untitled-1-copy-122

दार्जीलिङः चुङथुङ मेरीबुङ तामसाङ समष्टिमा क्षेत्रीय सभासद सन्दीप छेत्रीले समाज घरको शिलान्यास गरेका छन्। अब चुङथुङ मेरीबुङ तामसाङ समष्टिमा धारावाहिक रूपमा नै शिलान्यास हुने जानकारी समष्टि सभासद सन्दीप छेत्रीले दिएका छन्।

छेत्रीले आज चुङथुङको शिरूबारीमा एक समाज घरको शिलान्यास सभासद गरेका छन्। उनले पत्रकारहरूलाई जानकारी दिॅंदै अब समष्टिमा धारावाहिक रूपमा शिलान्यासको कार्य हुने बताएका छन्। उनले भने, जीटीए प्रमुख अनित थापाकै पहलमा शिरूबारीमा समाज घर निर्माण हुने भएको हो। यसरी नै समष्टिमा रहेको विभिन्न गाउँहरूमा सार्वजनिक भवन, बाटाहरू जीटीए प्रमुख अनित थापाको माध्यमबाट बनिने भएको जानकारी सभासद छेत्री दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement