करेलाको भाव राम्रो नपाएपछि करेला नदीमा

cb794e69-1e67-4ff5-9f93-d6991a50268b

राजगञ्ज: बजारमा करेलाको भाव राम्रो नपाएपछि सब्जी विक्रेताहरूले करेला नदीमा फ्याँकीदिए। यस्तै तस्वीर आज बेलाकोवाको मन्थनी ब्रीज इलाकामा पनि देखियो। आज दुई जना सब्जी बिक्रेताले करेला नदीमा फ्याँकेको देखियो। यसबारे सब्जी विक्रेताहरूले भने, आज बिहान हामी झोलामा करेला बेच्नका लागि बजारमा गएका थियौँ तर बजारमा करेला बिक्री भएन। हामीले लगभग ५० हजार रूपियाँ खर्च गरेर तीन महीनासम्म करेलाको खेती गरेको थियौ। तर थोक व्यवसायीहरूले केवल २ देखि ४ रूपियाँ प्रति किलोको भावमा करेला मागिरहेका छन्‌। जुन भावमा थोक व्यवसायीहरूले करेला किन्न चाहन्छन्‌, त्यतिमा त हाम्रो खर्च पनि आउँदैन। यसैले हामी हताश भएर नदीमा करेला फ्याँकी दिएका
हौँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement