सालुगडा क्षेत्रमा बौद्ध धर्मावलम्बीहरूको विरोध प्रदर्शन

ebdd5420-dc52-4e15-a929-992ec2dc0213

सिलगढी: बौद्ध धर्मावलम्बीहरूका आध्यात्मिक गुरु दलाई लामाको बारेमा हालचालै सञ्चारमाध्यममा भ्रामक समाचार प्रकाशित भएपछि बौद्ध धर्मावलम्बीहरू दुखित भएका छन्। यो समाचार प्रकाशित भएसँगै देशभरका बौद्ध धर्मावलम्बीहरूले यसको चर्को विरोध गर्न थालेका छन्। बुधवार सिलगढीको सालुगडा क्षेत्रमा बौद्ध धर्मावलम्बीहरूले प्रदर्शन र विरोध र्‍याली निकाले। विरोध प्रदर्शनमा विभिन्न उमेर समूहका बौद्ध धर्मावलम्बीहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्रदर्शनमा प्रकाशित समाचारको विरुद्धमा बौद्ध धर्मावलम्बीहरूले नाराबाजी गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement