अलिपुरद्वारः बुधवार बिहानै रेल लाइनबाट एक युवकको शव उद्धार गरिएको छ। घटना अलीपुरद्वार जिल्लाको मदारीहाट थानाको छेकामारी गाउँको हो। मृतकको नाम अभिजीत राय (२८) बताइएको छ।
पारिवारिक सूत्रहरू अनुसार, अभिजीत मंगलवार अबेर राति १० बजी घरबाट आफ्नो साथीहरूको साथ घुम्न निस्केको थियो, जसपछि घर फर्केन। आज बिहानै दुई-तीन बजी रेल कर्मीहरूले रेल लाइन छेउ उसको शव देखे। जीआरपी अलीपुरद्वार आईसी सुबल घोष अनुसार, शवलाई पोस्टमार्टमको निम्ति आज अलीपुरद्वार पठाइएको छ। घटनाको जाँच जारी छ।










