चारदेशीय इण्टरकण्टिनेण्टल कप ९ जूनदेखि भुवनेश्वरमा

IMG-20230419-WA0262.jpg

१९ अप्रेलः इण्टरकण्टिनेण्टल कप फूटबल टुर्नामेण्टको तेस्रो सीजन भुवनेश्वरमा ९-देखि १८ जूनसम्म खेलिनेछ, जसमा भारतको राष्ट्रिय सीनियर पुरुष टीमको साथमा अन्य तीनवटा देशले हिस्सा लिनेछ। टुर्नामेण्टमा हिस्सा लिने अन्य तीनवटा देश लेबनान, मंगोलिया र वनुआतु हो। टुर्नामेण्टमा हिस्सा लिने टीमहरूमा लेबनानको नवीनतम् फिफा ऱ्यांकिंग ९९औं हो जबकि भारत १०१औं स्थानमा रहेको छ। वनुआतु (१६४) र मंगोलिया (१८३) ऱ्यांकिंगमा भारतभन्दा तल रहेको छ। भारतले २०१८-मा मुम्बईमा आयोजित टुर्नामेण्टको पहिलो सीजनमा खिताब जितेको थियो तर २०१९-मा अहमदाबादमा भएको गत सीजनमा चाहिँ भारत निराशाजनक प्रदर्शनको साथ चौथो स्थानमा रहेको थियो। भारतले यसअघि मणिपुरको राजधानी इम्फालमा भएको अन्तर्राष्ट्रिय टुर्नामेण्टमा ट्रफी जितेको थियो। त्यस टुर्नामेण्टमा भारतले म्यांमारलाई १-०-ले अनि किर्गिस्तानलाई २-०-ले पराजित गरेको थियो। भारतको राष्ट्रिय टीमले मंगोलिया र वानुआतु विरुद्ध अहिलेसम्म कुनै म्याच खेलेको छैन। भारतले यसअघि लेबनान विरुद्ध चाहिँ ६ वटा म्याच खेलेेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement