कुनै सूचनाबिना नगरपालिका क्षेत्रमा विभिन्न तारहरू र बिल्डिङहरू नलगाई दिने नगरपालिकाको आह्वान्

IMG-20230419-WA0260.jpg

खरसाङ: खरसाङ नगरपालिकाको चेयरम्यान र भाइस चेयरम्यानद्वारा खरसाङ नगवासीहरूको असुविधालाई मध्यनजर राखी नगरपालिका क्षेत्रको निरन्तर निरीक्षण गरिरहेको जानकारी प्राप्त भएको छ। खरसाड शहरलाई स्वच्छ एवं सुन्दर राख्न खरसाङ नगरपालिका कटिबद्ध छ यसर्थ खरसाड शहर स्वच्छ राख्न बिहानदेखि नगरपालिका कर्मबन्धुहरू खटिरहेको बताइएको छ। यस क्रममा खरसाङ शहरभित्र बाँदरको उपद्रो रोक्न नगरपालिका क्षेत्रमा भईरहेको क्यावल लाइन, विभिन्न वाई-फाईका तारहरू, टेलिफोनका तार बाँदरलाई लिस्नु सरह बनेका छन् भने यी सम्पूर्ण विषयहरू लिएर सम्बन्धित विभागीयहरूलाई पत्रचार गरी संगाल्ने कार्यमा खरसाङ नगरपालिका लागिपरेका भाइस चेयरम्यान सुवास प्रधानले बताएका छन्। उनले भने, खरसाड शहर हाम्रो हो र यसको सुन्दरीकरण गर्न हामी सबैको दायित्व रहन्छ। यसर्थ खरसाङ नगरपालिकालाई कुनै सूचनाबिना नगरपालिका क्षेत्रमा वाई-फाईको तार, बत्तीको पोलहरूमा तारको गुच्छा, बक्स एवं विभिन्न कम्पनीका होल्डिङ लगारहेका छन्। उनीहरूले झट्टै सो कार्य बन्द गरिदिने आह्वान् गर्दछौं।
भाइस चेयरम्यान सुवास प्रधानले अघि भने, यस्ता कार्य बन्द नगरिए खरसाङ नगरपालिकालाई नगरपालिका एक्ट अनुरूप कार्वाही गर्न बाध्य नबाईदिने अनुरोध पनि खरसाङ नगरपालिकाको पक्षबाट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement