अब हातको अभाव महसुस हुन दिनेछैन सीएसआईआरले- एनपीएलका वैज्ञानिक
नयाँ दिल्लीः राष्ट्रीय भौतिक प्रयोगशाला (एनपीएल)-का वैज्ञानिकहरूले एउटा यस्तो कृत्रिम हात विकसित गरेका छन् जुन दिव्यांगहरूको लागि वरदान साबित हुनेछ। वैज्ञानिकहरूले दाबी गरेका छन्, यो कृत्रिम हातले दिव्यांगहरूको जीवनलाई सहज बनाउनेछ।यस परियोजनासित सम्बन्धित एनपीएलका वैज्ञानिक डा. आलोक प्रकाशले ‘हिन्दुस्थान समाचार’-सितको विशेष बातचितमा भने, उनको टीमले एक कृत्रिम हात बनाएको छ जसबाट मानिसहरूको समस्या निश्चित रूपले कम हुनेछ। यसको माध्यमबाट दिव्यांगहरू आफ्ना दैनिक कार्यहरू आफै गर्न सक्षम हुनेछन्।
उनले भने, वर्तमानमा कृत्रिम हात बनाउने दिशामा काम गरिरहेको कम्पनीले एकदमै महँगो दरमा कृत्रिम हात बनाइरहेको छ। एक अटोमेटिक कृत्रिम हातको मूल्य दुई लाख रुपियाँभन्दा अधिक छ। यस चुनौतीलाई स्वीकार्दै एनपीएले एकदमै सस्तो कृत्रिम हात तयार गरेको छ जसलाई हैदराबादको एउटा कम्पनीसित मिलेर आगामीएक वर्षभित्रमा बजारमा उतारिनेछ। यस परियोजनामा अनुराग कटियार, मांगेराम सहित संस्थानका अन्य वैज्ञानिकहरूले पनि सहयोग गरेको उनले बताए। विश्व स्वास्थ्य संगठन अनुसार दुनियाँमा लगभग डेढ़ करोड़ मानिसहरू यस्ता छन् जसको शरीरको कुनै न कुनै भाग काटिएको छ। यीमध्ये ४५ लाख मानिसहरू यस्ता छन् जसको तल्लो भाग क्षतिग्रस्त भएको छ। यस्ता मानिसहरूको सहयोगको लागि थालिएको एनपीएलको पहल सराहनीय छ।
यस सन्दर्भमा सोधिएको एक प्रश्नको जवाफमा डा. आलोकले बताए, कृत्रिम हातले त्यस्तै काम गर्नेछ जस्तो कि हाम्रो प्राकृतिक हातले गर्दछ। कृत्रिम हातलाई चलाउनकोलागि एनपीएलले हल मायोग्राफी नामक सेन्सर तयार गरेको छ जसलाई काटिएको भागको यस्तो ठाउँमा जड़ान गरिनेछ जहाँ संकुचन हुन्छ। यो यन्त्रले मांशपेशीहरूको संकेतलाई बुझेर कृत्रिम हातलाई संचालित गर्न सहयोग पुऱ्याउनेछ।










