२३ अप्रेल श्रीगुरु विद्यामन्दिरको प्राङ्गणमा बृहत रक्तदान शिविरको आयोजना हुने

0a41c795-7b76-4232-be14-688870d2fbe7

सिलगढी:सिलगढी चम्पासरीको जातीय शक्ति संघ र उत्तर अभियानले आउँदो २३ अप्रेलको दिन एउटा बृहत रक्तदान शिविरको आयोजना गर्दैछ। यो रक्तदान शिविर सिलगढी नगरपालिका अन्तर्गत वार्ड नम्बर ४६ को श्रीगुरु विद्यामन्दिरको मैदानमा हुने बताइएको छ । चर्को गर्मीको मौसममा सिलगढी ब्लड बैंकमा रगतको अभाव भएको छ ।यही कुरालाई ध्यानमा राख्दै वार्ड नम्बर ४६ का पार्षद दिलीप बर्मनको तत्परतामा जातीय शक्ति संघ एवं पाठागर तथा उत्तर अभियानको संयुक्त आयोजनामा यो रक्तदान शिविर हुन गईरेको छ। यस रक्तदान शिविरमा करिब ६ सय युनिट रगत संकलन गर्ने लक्ष्य राखिएको पार्षद दिलीप बर्मनले बताए । यसका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताललाई ४ वटा बेड उपलब्ध गराइनेछ। यसका साथै सो दिन अन्तरवार्ड योग प्रतियोगिता पनि आयोजना गरिनेछ । प्रतियोगितामा विभिन्न जिल्लाका प्रतियोगीहरूको सहभागिता रहनेछ । विजेता सहभागीहरूलाई पुरस्कृत पनि गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement