पञ्चायत उप-चुनाउः मतदान सामग्रीहरू लिएर अधिकारीहरू मतदान केन्द्र प्रस्थान

Untitled-1-copy-114

पाकिमः पाकिम जिल्लाको ६ लिङ्के वार्डमा प्रस्तावित पञ्चायत उप-चुनाउका लागि डिकलिङ सरकारी उच्चतर माध्यमिक विद्यालयमा स्थापित स्ट्रङ रूम बुधवार बिहान खोलियो। स्ट्रङ रूम जिल्लापाल एवं चुनाउ अधिकारीका साथै प्रतिद्वन्दी उम्मेदवारहरू र चुनाउ अधिकारीहरूको उपस्थितिमा खोलियो। यहॉं चुनाउ सामग्रीहरू राखिएका छन्।

यसपछि, इलेक्ट्रोनिक भोटिङ मशीन र अन्य मतदान सामग्रीहरू सम्बन्धित मतदान अधिकारीहरूलाई हस्तान्तरण गरियो। यसपछि, मतदान अधिकारीहरू उप-चुनाउका लागि निर्धारित मदातन केन्द्रतिर प्रस्थान भए। लिङ्के वार्डमा प्रस्तावित पञ्चायत उप-चुनाउका लागि लिङ्के सरकारी माध्यमिक विद्यालयमा मतदान केन्द्र स्थापित गरिएको छ।

यस लिङ्के वार्ड कूल ४६२ मतदाता छन्, जसमा पुरुष मतदाताहरूको संख्या २२६ र महिला मतदाताहरूको संख्या २३६ छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement