सिलगढीमा राहतको वर्षा , शीतल हावाले शहरवासी रोमाञ्चित

608ae237-5c31-4eaa-b94b-9e1bd5db296b

सिलगढी: यो उखरमाउलो गर्मीबाट काकाकुली बनेका सिलगढीवासीले अन्तमा केही भएपनि राहतको साँस फेरेका छन्। अन्ततः सिलगढीमा राहतको वर्षा आयो। पानी परेसँगै शीतल हावाले पूरै सहरको वातावरणलाई रमाइलो र चिसो बनाएको छ । बुधबार सिलगढीको सेभोक रोड र सलुगडा इलाकामा हावाहुरीसँगै भारी वर्षा भयो। तर, सहरी इलाकामा भने हल्का पानी मात्र परेको छ । तर, चिसो हावाले गर्मीमा निकै कमी ल्याएको छ । उल्लेखनीय छ कि गत १५ दिनदेखि सिलगढीको तापक्रम ३६ डिग्री सेल्सियसभन्दा तल आएको छैन।दुई दिनअघि यो तापक्रम ४० डिग्री सेल्सियस पुगेको थियो । बिहानैदेखि चर्को घामका कारण विद्यालय तथा कलेजका बालबालिका बिरामी पर्न थालेका थिए।यसैलाई ध्यानमा राखेर राज्य सरकारले सोमवारदेखि एक हफ्ताको छुट्टी घोषणा गरिसकेको छ। चर्को घामले गर्दा दिउँसो सडकमा हिँड्दा पनि सास्ती भइरहेको थियो। अन्ततः बुधबार अपराह्न ४ बजेदेखि चलेको हावाहुरी संगैको वर्षाले सहरको मौसम पुरै बदलियो । यससँगै भारी वर्षाका कारण विगत १५ दिनदेखि सुक्खा रहेको सिलगढीको जमिनको तिर्खा पनि मेटिएको छ ।लामो समयसम्म पानी नपरेता पनि हावा निकै चिसो भएको छ । जसका कारण स्थानीयले गर्मीबाट राहत पाएका छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement