सभासद नवराज छेत्रीद्वारा बिमारीलाई सहयोग

IMG-20230419-WA0232.jpg

खरसाङ: तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले सिपाहीधुरा चियाबारी निवासी बिमारी उषा छेत्रीले सहयोग गरेका छन्। तीनधारे महानदी समष्टि अन्तर्गत सिपाहीधुरा चियाबारी निवासी नारायण छेत्रीकी पत्नी उषा छेत्री बिमारी भएर उत्तर बंगाल मेडिकल कलेजमा आईसीयुमा भर्ना भएका थिए। उत्तर बंगाल मेडिकल कलेजबाट छुट्टी दिएपछि केही दिनदेखि उनी घरमै थिए भने उनलाई फेरि श्वास फेर्न असुविधा भएपछि अक्सिजनको आवश्यकता रहेको थियो। त्यसर्थ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सिपाहीधुरा बुथ कमिटीको सचिव सजित राईको सहयोगमा क्षेत्रीय सभासद नवराज छेत्रीलाई सहयोग मांग्दा उनले बिमारी उषा छेत्रीलाई अक्सिजन मशीन र अक्सिजन सिलिण्डर प्रदान गरेको जानकारी प्राप्त भएको छ। उक्त मशीन र सिलिण्डर उषा छेत्रीको सिपाहीधुरास्थित घरमा सजित राई र अन्यले पुराई दिएको जानकारी प्राप्त भएको छ। तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले बिमारीलाई गरेको सहयोगप्रति बिमारीका परिवारले सभासदप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement