नयाँ दिल्लीः यूक्रेनकी संसद सदस्य यूलिया क्लेमेंकोले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तर्राष्ट्रीय स्तरमा विश्वसनीयता सर्वाधिक छ। विश्वलाई सर्वोत्कृष्ट बनाउनको लागि उनले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछन्। यूक्रेन-रूस युद्धबीच भुवनेश्वरको कलिंग इन्स्टीट्यूट अफ् इण्डस्ट्रियल टेक्नोलजी (केआईआईटी)को परिसरमा आयोजित जी-२० अन्तर्गत वाई-२० परामर्श बैठकमा यूलिया क्लेमेंकोले उपरोक्त मन्तव्य व्यक्त गरिन्। बैठकमा उनले भनिन, जबसम्म रूसले आफ्नो क्षेत्र र नागरिकहरूलाई शान्तिसित छोड़दैन तबसम्म शान्तिपूर्ण बातचितको कुनै सम्भावना छैन।
यता मीडियासितको बातचितमा यूलियाले यूक्रेन-रूस युद्धबीच भारतको भूमिकालाई रेखांकित गर्दै भनिन्, भारतले तटस्थ बस्ने भूमिका चुनेको छ। सबैलाई थाहा छ कि भारत र रूसमाझ धेरै पुरानो राजनयिक सम्बन्ध छ। तर पनि भारतले तटस्थतालाई चुनेको छ, यो एकदमै प्रशंसनीय छ। उनले भनिन्, भारतले यस समय जी-२० सम्मेलनको अध्यक्षता गरिरहेको छ। जी-२० को सार नै वसुधैव कुटुम्बकम छ अर्थात सारा विश्व एक परिवार। यो सही समय हो कि यसको माध्यमबाट दुनियाँलाई यो बताइयोस् कि परिवारका एक सदस्य यूक्रेन युद्धसित जुझिरहेको छ भने बाँकी देश कसरी शान्त बस्नसक्छ। युद्धलाई चाँड़ै समाप्त गर्ने बाटो खोज्नुपर्छ।
संयुक्त राष्ट्रको भूमिकामाथि प्रश्न तेर्साउँदै यूलियाले भनिन्, संयुक्त राष्ट्र आफ्नो निर्माणका उद्देश्यहरूलाई पूरा गर्न विफल भएको छ। संयुक्त राष्ट्रकै अगाड़ि रूसले लगातार यूक्रेनमाथि प्रहार गरिरहेको छ। यस अवस्थामा संयुक्त राष्ट्रको आवश्यक्तामाथि प्रश्न उठ्नु स्वाभाविक हो। उनले सबै देशहरूसित अपील गरिन्, यस संकटलाई चिनेर यस्तो व्यवस्था बनाउने प्रयास गरियोस् जसबाट कुनै पनि देशले अन्य कसैको सम्प्रभुतालाई संकटमा नपारोस्।










