कालचिनीः बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ रहेका पूर्व अनि पश्चिम रेञ्ज एवम् बीट अन्तर्गत पर्ने बनबस्तीका प्रायः ६५ वटा ज्वाइन्ट फरेस्ट म्यानेजमेन्ट कमिटी (जेएफएमसी) लाई बुधबार राजाभातखावा स्थित एनआईसीमा ४८.४७ लाख रुपियाँको चेक प्रदान गरीएको जानकारी बक्सा ब्याघ्र प्रकल्पका फील्ड डाइरोक्टर अपूर्व सेनले दिएका छन्। उक्त अवसरमा बक्सा ब्याघ्र प्रकल्पका फील्ड डाइरोक्टर अपूर्व सेन लगायत डीएफडी प्रवीण कासवान, अलिपुरद्वार जिल्ला शासक सुरेन्द्र कुमार मीणा, अलिपुरद्वार जिल्ला परिषदका सभाधिपति शीला दास सरकार, बन औ भूमि कर्माध्याक्ष गणेश महली, उत्तरबंगाल उन्नयन पर्षदका भाइस चेयरम्यान मृदुल गोस्वामी एवम् अन्यान्य अधिकारीहरुको उपस्थिति रहेको थियो।
प्रत्येक जेएफएमसीका प्रतिनिधिहरूलाई मञ्चमा बोलाएर बन विभागले संग्रह गरेको कोषको ४० प्रतिशत रकमको दरले चेक प्रदान गरेको थियो भने उक्त चेकबाट प्राप्त रकमले जेएफएमसीले बन संरक्षण औ सामुदायिक विकासमा खर्च गरीने जेएफएमसीका प्रतिनिधिहरूले जनाएका छन्। उक्त चेक प्रदान पश्चात बक्सा ब्याघ्र प्रकल्पका फील्ड डाइरोक्टर अपूर्व सेनले पत्रकारहरूसित कुराकानी गर्दै प्रत्येक बर्ष नै बन विभागले पर्यटनबाट उठेका रकमको ४० प्रतिशत रकम ज्वाइन्ट फरेस्ट म्यानेजमेन्ट कमिटीलाई प्रदान गर्दै आईरहेको र यो रकमबाट जेएफएमसीका प्रतिनिधिहरूले सामुदायिक विकासको काममा लगाउने गरेको र जति पनि बनबस्ती क्षेत्रमा इलेक्ट्रिक फेन्सिङ लगाएका छन् ती सबै जेएफएमसीलाई दिएको रकमले नै गरीएको र यस बाहेक अन्य कामहरूमा पनि यो रकमको उपयोग गर्ने गरेको जनाएका छन्।
चेक प्राप्त गरेपछि विभिन्न बनबस्ती क्षेत्रबाट जेएफएमसी प्रतिनिधिको रुपमा आएका बासिन्दाहरूले यो रकमले पिउने पानीको पाइपलाइन साथै हात्तीबाट सुरक्षा पाउने काममा लगाईने एवम् सोसियल फरेस्ट्री र सम्भव भए सुपारीको बगैचा पनि बन विभागलाई सोधेर लगाईने बताएका छन्। उक्त चेक वितरण कार्यक्रममा आईपुगेका जिल्ला शासक सुरेन्द्र कुमार मीणा लगायत जिल्ला परिषदका सभाधिपति शीला दास सरकार साथै जनप्रतिनिधि मृदुल गोस्वामी र गणेश महलीले उपस्थित जेएफएमसी प्रतिनिधिहरूलाई बन सुरक्षा र वन्यजीव संरक्षणको निम्ति जंंगल बचाउने काममा बन विभागलाई हातेमालो गर्ने आह्वान गरेको थियो।










