कोलकाता: पश्चिम बंगालमा कोरोनाको कारण एक पल्ट फेरि मानिसहरू मर्ने क्रम शुरू भएको छ। मंगलवार राति कोलकाताको बेलेघाटा आईडी राजकीय अस्पतालमा एक व्यक्तिको मृत्यु भएको छ ।व्यक्ति दक्षिण २४ परगनाको मथुरापुरको बासिन्दा थियो। स्वास्थ्य विभागको सूत्रहरूले यसको पुष्टि गर्दै भनेको छ, उक्त व्यक्तिमा संक्रमणको पुष्टि भएको थियो। उनको लगातार उपचार चलिरहेको थियो तर उनलाई बचाउन सकिएन। बेलेघाटा आईडी अस्पतालमै अझ सात जना रोकोना संक्रमित भएर आईसीयूमा भर्ती छन्। यसमध्ये अधिकतरको स्थिति गम्भीर बनेको छ। उल्लेख्य, अहिले गत साता मात्र यही अस्पतालमा कोरोनाको कारण अझ एक वृद्धको ज्यान गएको थियो। राज्य स्वास्थ्य विभागको सूत्रहरू अनुसार, पश्चिम बंगालमा अहिले कोरोना संक्रमितहरूको संख्या लगभग ७०० पुगेको छ। साप्ताहिक संक्रमण दर पनि धेरै जिल्लाहरूमा १० प्रतिशतभन्दा धेरै छ। यसैले गर्दा मंगलवार राति मात्र राज्य स्वास्थ्य विभागको तर्फबाट एक निर्देशिका जारी गरी कोरोना प्रोटोकलको पालन गर्नलाई भनिएको छ। यसमा मास्क लगाउने, सामाजिक दूरी कायम राख्ने, सेनेटाइजरको प्रयोग गर्नका साथै बिना कारण घरहरूबाट बाहिर ननिस्किने सुझाउ दिइएको छ। खासगरी बुजुर्ग, नानीहरू, कोमोर्बिडिटीले पीड़ित मानिसहरू र गर्भवती महिलाहरूलाई सावधान बस्नलाई भनिएको छ।










