अमित शाह र जेपी नड्डासित भेट गर्छु भने मुकुल रायले

Feb-11-Mukul-Roy-4-col.jpg

कोलकाता: मुकुल रायले एकपटक फेरि भारतीय जनता पार्टीसित मिलेर राजनीति गर्ने संकेत दिएका छन्। सोमवार साँझ उनी अचानक दिल्ली गएका थिए ।मीडियाको माध्यमबाट उनले आफ्ना छोरालाई परामर्श दिएका छन् कि उनले पनि भाजपासित मिलेर राजनीति गरोस्। मुकुलले यो पनि दाबी गरेका छन्, उनले आफ्नो छोरालाई राजनीतिक अड़ानको बारेमा पहिला नै बताएका थिए। त्यसपछि मंगलवार राती फेरि एकपटक क्यामराको सामु आएर उनले भने, भारतीय जनता पार्टीको टिकटमा विधायक हुँ र अहिले पनि भाजपामै छु। अमित शाह र जेपी नड्डासित भेट्न आएको हुँ। पार्टीले मेरो बस्ने व्यवस्था गरेको छ। स्वास्थ्य राम्रो नभएको म राजनीतिमा सक्रिय थिइनँ, तर अब ठिक भएको छु। आफ्नो पार्टी अर्थात भाजपासित मिलेर काम गर्नेछु। उल्लेख्य, शुभ्रांशु रायले पिता बेपत्ता भएको सिकायत दर्ता गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement