हत्या गरिएकी बालिकाको पक्षमा न्याय माग्दै गान्तोकमा रेली

wedemand.jpg

गान्तोक: ११वर्षीय नाबालिका विद्यार्थीको हत्याको आरोपित पक्राउको खबरपछि आक्रोसित मानिसहरूले जिल्लापाल कार्यालय परिसर गान्तोकमा भेला भएर आरोपितलाई जनभीड समक्ष सुम्पिनुपर्ने माग गरेका थिए। आज हत्याराको विरोधमा एकजुट बनेका मानिसहरूले इन्दिरा बाइपासदेखि जिल्लापाल कार्यालय परिसरसम्म विरोध रेली आयोजन गरे। बिहान ११ बजीदेखि शुरु भएको रेलीमा पीडितलाई न्याय दिलाउनुपर्ने र आरोपितलाई कठोर सजाय दिनुपर्छ भन्ने माग गर्दै पीडितका गाउँलेहरू, परिवारपक्ष, नागरिक समाज, विभिन्न संघ संस्था अनि व्यक्ति विशेषको सहभागिता रहेको थियो।यस रेलीमा सहभागी भएका मानिसहरूले पीडित परिवारको पक्षमा एकजुटता देखाउन रेलीमा सहभागी बनेको बताए। गान्तोकमा यस प्रकारको जघन्य अपराध पहिलोपल्ट भएको हुन सक्ने बताउँदै अहिले आरोपितलाई कठोर सजाय दिएर समाजमा संदेश नदिए भविष्यमा यस्ता घटना दोहोरिनसक्ने मानिसहरूले आशंका व्यक्त गरेका छन्। वि वान्ट जस्टिस, बलात्कारी विरुद्ध एक बनौ, नो मोर रेप, आरोपितलाई मृत्यु दण्ड देउ जस्ता नारा लेखेका प्लाकार्ड बोकेर मानिसहरू यालीमा सहभागी बनेका थिए भने न्यालीको क्रममा कतिपय स्थाना मानिसहरूले आरोपित विरुद्ध नाराबाजी गरेका थिए। यो जघन्य अपराध विरुद्ध सम्पूर्ण सिक्किम एकजुट हुनुपर्छ भने मानिसहरूको माग रहेको छ। जानकारी गराइन्छ, १० अप्रेलमा नाबालिक विद्यार्थीको हत्या काण्डमा संलग्न रहेको आरोपित २९ वर्षीय प्रीतम शर्मालाई १७ अप्रेलमा सिक्किम पुलिसले पक्राउ गरेको थियो। मूल रूपले बिहार राज्यको समस्तिपूर, बालसान्दी निवासी आरोपित प्रीतम शर्मा पेशाले ट्याक्सी चालक हुन् जो गान्तोकको ताथाङचेनमा बस्दै आएका थिए।आरोपितले पुलिस समक्ष बालिकामाथि यौन दुर्व्यवहारपछि हत्या गरेको कुरा स्वीकार गरिसकेका छन्। घटनाको बारेमा थप विवरण संग्रह गरेर पुलिसले आरोपितलाई १४ दिनको रिमाण्डमा लिएको छ।

About Author

Advertisement