हावड़ामा अग्निकाण्डमा सयभन्दा धेरै दोकाहरू जलेर खरानी

237671-fire-in-howrah-today.jpg

कोलकाता: हावड़ामा भीषण अग्निकाण्डमा सयभन्दा धेरै दोकानहरू जलेर खरानी भएका छन्। घटना उलूबेरिया थाना क्षेत्रको चेङ्गाइल स्थित लाडलो बजारको हो हावड़ा पुलिसको तर्फबाट बुधवार जारी बयान अनुसार, आगो मध्य रातमा लागेको थयो, जसको सूचना पाउनसाथ पुलिस र अग्निशमन विभागको टीम घटनास्थलमा पुग्यो। यद्यपि, बजार भएको कारण पोलिथीन र काठका दोकानहरूको संख्या अधिक थियो। घटनास्थलमा १० अग्निशमन गाड़ी पुगेपनि सयभन्दा धेरै दोकानहरू जलेर खरानी भएका छन्। बुधवार बिहान ९ बजीसम्म आगो निभाउने काम जारी रह्यो। आगो कसरी लाग्यो, यसबारे अहिले स्थिति स्पष्ट छैन। लाखौं रूपियाँको समान जलेको छ। कारोबारीहरूको भनाई छ, ईदको मध्यनजर उनीहरूले भारी मात्रामा समान एकत्र गरेका थिए, जुन आगोमा जल्दा उनीहरूलाई भारी नोकसान भएको छ। आगो लागेको कारण अहिले स्पष्ट भएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement