फाँसीदेवा: विधाननगर इलाकाको बड़ा लाइनमा एकजना चिया श्रमिकको झुन्डिएको अवस्थामा मृतदेह उद्धार भएपछि इलाकामा सनसनी फैलिएको छ। मृतकको नाम मनोज प्रसाद रहेको छ। तिनी सैयदाबाद चिया बगानका श्रमिक थिए। आज बिहान मनोज प्रसादले घरको दैलो नखोलेपछि स्थानीय मानिसहरूले दैलो भत्काएर भित्र पस्दा मनोज प्रसादलाई झुन्डिएको अवस्थामा भेट्टाए। यसपछि घटनाबारे पुलिसलाई सूचना दिए। खबर पाउन साथ विधाननगर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गर्नको साथै पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम अस्पताल पठाइदिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।








