जलपाइगढी: जलपाइगढीको बानरहाट क्षेत्रमा चरक पूजाको क्रममा फेरि चर्खा भाच्चिएको छ। दुर्घटनामा २ जना घाइते भएका छन्। घटना जलपाइगढी जिल्लाको बानरहाट ब्लक अन्तर्गत चम्टीमुखी क्षेत्रको क्षीर कदमतला क्षेत्रमा भएको हो। जानकारी अनुसार, बेलुकी क्षिर कदमतला क्षेत्रमा चरक मेला आयोजना भएको थियो। सोही अवसर चरक घुमाउने क्रममा चर्खाको माथिल्लो भाग अचानक भाँच्चिदा दुईजना घाइते भए। घाइतेहरूलाई तत्काल धुपगढी ग्रामीण अस्पताल लगिएको थियो। यो घटनाले यस क्षेत्रमा निकै खैलाबैला मच्चाएको छ। घरि घरि चरकको चर्खा भाँचिएको घटनाले जनमानसमा विभिन्न थरीका प्रश्न उठिरहेका छन्।










