१९ अप्रेलः रोहित शर्मा इण्डियन प्रीमियर लीग (आईपीएल)-को इतिहासमा ६ हजार रन पूरा गर्ने चौथो ब्याटर बने। राजीव गान्धी इण्टरनेशनल स्टेडियममा सनराइजर्स हैदराबाद विरुद्ध मंगलवार खेलिएको म्याचमा मुम्बई इण्डियन्सका कप्तानले यस उपलब्धिलाई हासिल गरे। रोहितभन्दा अघि आईपीएलमा रोयल च्यालेञ्जर्स बेंगलोरको विराट कोहली, दिल्ली क्यापिटल्सका डेविड वार्नर र पञ्जाब किंग्सका शिखर धवनले ६ हजारभन्दा अधिक रन बनाएका छन्। मंगलवार म्याच शुरु हुन अघिसम्म रोहितलाई आईपीएलमा 6 हजार रनसम्म पुग्न १४ रनको आवश्यकता थियो। उनले आफ्नो २७७औं आईपीएल ईनिंग्समा यस उपलब्धिलाई हासिल गरे। यसरी उनी आईपीएलमा ६ हजार रन पूरा गर्ने सबैभन्दा धीमा ब्याटर पनि बने। रोहितले म्याचमा वाशिंगटन सुन्दरको बलमा चौका लगाएर ६ हजार रन पूरा गरे। म्याचको पाँचौं ओभरमा टी नटराजनको बलमा आउट हुने रोहितले म्याचमा १८ बल खेलेर २८ रन बनाए। रोहित गत तीन सीजनदेखि आईपीएलमा रनको निम्ति संघर्ष गरिरहेका छन्। हालै उनले लगभग दुई सालपछि आईपीएलमा आफ्नो पहिलो अर्द्धशतक बनाएका थिए। उनी मुम्बई स्थित फ्रेञ्चाइजीको सबैभन्दा प्रतिष्ठित खेलाड़ी हुन्। साल २०१३-देखि २०२०-सम्म मुम्बई इण्डियन्सले रोहितको कप्तानीमा पाँचपल्ट आईपीएल खिताब जितेको थियो।










