यूएफा च्याम्पियन्स लीगःसेमिफाइनलमा पुग्न सफल एसी मिलान

IMG-20230419-WA0091.jpg

१९ अप्रेलः एसी मिलानले सेरि ए प्रतिद्वन्द्वी नापोलीको वाधालाई पार गरी यूएफा च्याम्पियन्स लीग फूटबलको सेमिफाइनलमा स्थान बनायो। टुर्नामेण्टको क्वार्टर फाइनल राउण्डअन्तर्गत यी दुई टीमबीच मंगलवार राति खेलिएको रोमाञ्चक म्याच १-१-ले ड्र रह्यो तर पहिलो लेगको म्याचमा १-०-ले विजयी भएको हुनाले समग्रमा २-१-ले अघि रहेर एसी मिलानले २००७ पछि पहिलोपल्ट सेमिफाइनलमा स्थान बनायो। एसी मिलान २००७-मा च्याम्पियन रहेको थियो। नापोलीको होम ग्राउण्डमा खेलिएको म्याच चरम रोमाञ्चक रह्यो। म्याचमा ७४ प्रतिशत पोजेशनको साथ खेल्ने नापोलीले शुरुदेखि नै एसी मिलानमाथि दबाउ सृष्टि गऱ्यो। म्याचमा शुरुदेखि नै दबाउमा पर्ने एसी मिलानले गोलको मौका चाहिँ नापोलीभन्दा पहिला हासिल गऱ्यो। म्याचको २१औं मिनटमा एसी मिलानलाई पेनल्टी हासिल भयो तर ओलिवर गिरोडले त्यस मौकाको सदुपयोग गर्न सकेनन्। पहिलो मौका गुमाएपछि गिरोडले ४३औं मिनटमा एसी मिलानलाई बढ़त दिलाए। उनले राफाएल लिएओको एसिस्टमा गोल गरे। म्याचको रहल समयमा पनि नापोलीले दबाउ जारी राख्यो अनि टीमले ८०औं मिनटमा पेनल्टी पनि हासिल गऱ्यो तर होम टीमले मौकाको फाइदा उठाउन सकेन। खविचा ख्वारात्सखेलियाले ८२औं मिनटमा पेनल्टीबाट गोल गर्ने मौका गुमाए। त्यसपछि भिक्टर ओसिमहेनले स्टपेज टाइमको तेस्रो मिनटमा हेडरद्वारा गोल गरे पनि एसी मिलानलाई सेमिफाइनलमा पुग्नदेखि रोक्न सकेनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement