गेजिङ: मानेबुङ-देन्ताम समष्टिको २० बङ्तेन सापोङ ग्राम पञ्चायत एकाइमा पर्ने लोवर सापोङ प्राथमिक पाठशालाको दुई तले चार कोठा भएको स्कूल भवन आज लोकसभा सांसद इन्द्रहाङ सुब्बाले उद्घाटन गरेका छ्न्। यस कार्यक्रममा जन सम्पर्क विभागका सल्लाहकार बिरेन्द्र ताम्लिङ शिक्षा बिभागका प्रमुख अधिकारी सुभैया गौण्डर, देन्ताम महकुमाका शिक्षा बिभागका निर्देशक छिरिङ पान्जो शेर्पा अन्य अधिकारी, अभियन्ता, जिल्ला पञ्चायत एकाइका प्रतिनिधिहरु उपस्थिती रहेको थियो। १९८९ मा स्थापना भएको लोवर सापोङ प्राथमिक पाठशालाको स्कूल भवन निर्माण पछि उद्घाटन गरेर स्थानीयलाई सुम्पिएको छ। ३४ लाख २४ हजारको लागतमा निर्माण भएको यो भवन २०१८ मा टेण्डर गरेर काम थालनी भएको हो। धेरै समयसम्म चित्राले बारेको डेरामा पढ्दै आएका नानीहरुले बिल्डिङ पाएका छन्।
लोवर सापोङ राज्यको एकदमै पछौटे गाउँ मानिन्छष यस प्राथमिक स्कूलमा गरिब गाउँका नानीहरु पढ्ने गर्छन् भने बिभागको कुशल निगरानी भइरहने बिभागका मुख्य शिक्षा अधिकारी सुभैया गौण्डरले जानकारी दिए। विध्यालयको पूर्वाधार बिकासको काम गर्ने वचन दिए।
यसअघि कार्यक्रममा कार्यक्रमा स्कूल भवन निर्माणमा जमीन दान गर्ने जमिनदाता तिलबहादुर छेत्री अनि नर बहादुर छेत्रीलाई सम्मान जनाएको थियो। कार्यक्रममा सांसद इन्द्रहाङ सुब्बाले विद्यालयमा पढाउने शिक्षक र विद्यार्थी संगै अभिभावकहरुको स्कूलप्रतिको योगदान हुनुपर्ने बताए। बिध्यालयको पूर्वाधार बिकासमा सहयोग गर्ने वचन पनि दिए। गाउँको सबैभन्दा ठूलो विकास भनेको नै शिक्षा हो भने शिक्षाको विकास भए मात्रै समाज र गाउँको विकासमा टेवा पुग्ने बताए। पाठशालामा बिल्डिङ त बनियो तर बिध्यार्थीहरुको संख्या पनि बडाउने सुझाव दिए। बिद्यार्थीहरुले ध्यान दिएर पड्ने वातावरण बनाउने सुझाव दिए।