सिरीजंघा परियोजनाबारे समन्वय बैठक सम्पन्न

IMG-20230418-WA0270.jpg

गेजिङ: गेजिङ जिल्ला अन्तर्गत हि- गाउँस्थित छाँयाताल परिसरको सिरिजङ्गा मूर्ति परिसरमा एक बैठक आय़ोजन गरियो। बैठकमा लोकसभा सांसद इन्द्रहाङ सुब्बा, शिक्षा विभागका सल्लाहकार एमपी फुरुम्बो, लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

बैठकमा सिरिजंगा प्रतिमा परिसरमा कुनै पनि नयाँ सड़क सम्पर्कलाई अनुमति नदिइने, डीपीआरमा उल्लेखित अनुसार नै ग्लास वक (भ्यु पोइण्ट) निर्माण गरिने निर्णय गरिएको छ। यसरी नै अध्ययन केन्द्रमा पारम्परिक झ्याल र दैलोको डिजाइन राख्नसँगै सिरिजंगा प्रतिमा परिसरमा कुनै पनि होटल अथवा लजको निर्माणमा स्वीकृति नदिने निर्णय लिएको पनि बताइएको छ। यसवाहेक पूर्वाधार निर्माणमा कतिपय कार्यहरु निर्माण गर्न बाँकी नै रहेको हुनाले सबैको थप सुझाउ र सल्लाह मुताबिक काम गर्ने खुला बहसमा चर्चा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement