कोरोनाको कहर, बंगालमा पोजिटिभिटी रेट १० प्रतिशतमाथि

IMG-20230316-WA0257.jpg

कोलकाता: पूरा देशको साथ पश्चिम बंगालमा पनि कोरोनाको तीव्र रफ्तारले स्वास्थ्य विभागको चिन्ता बढ़ाईरहेछ। राजस्व विभागको सूत्रहरूले मंगलवार जानकारी गराएको छ, राजधानी कोलकाता समेत राज्यका धेरै जिल्लाहरूमा पोजिटिभ रेट १० प्रतिशतभन्दा अधिक भएको छ, जसले गर्दा चिन्ता बढिरहेछ।
एक पल्ट फेरि राज्यमा मास्क र सेनिटाइजरका साथै कोरोना प्रोटोकलको पालन अनिवार्य गर्नबारे विचार भईरहेछ।राज्य स्वास्थ्य विभागको सूत्रगरू अनुसार, राजधानी कोलकातामा सप्ताहिक पोजिटिभिटी दर १२ प्रतिशत छ जबकि पहाड़ी क्षेत्र कालेबुङ र दार्जीलिङमा १२.५ प्रतिशत र १०.१ प्रतिशत छ। सोमवार राज्य सचिवालयमा जब बैठक भएको थियो तब मुख्यमन्त्री ममता ब्यानर्जीले पनि यसलाई लिएर चिन्ता जाहेर गरेकी थिइन् र मुख्य सचिवलाई स्थितिको सामना गर्नका लागि तयारीहरू गर्ने निर्देश दिएकी थिइन् केन्द्रिय स्वास्थ्य मन्त्रालयको आंकड़हरू अनुसार, पश्चिम बंगालमा गत २४ घण्टामा ९० जनाको संक्रमित भएको आंकड़ा पेश गरिएको छ। गत छङ महिनामा यो सबैभन्दा धेरै हो त्यही, राज्यमा कोरोना संक्रमितहरूको संख्या बढेर ६४१ भएको छ। यद्यपि, राज्य स्वास्थ्य विभागको तर्फबाट कोरोना संक्रमित मानिसहरूको आंकड़ा जारी गरिएको छैन। विभागका एक वरिष्ठ अधिकारी अनुसार, राज्यमा संक्रमणमा वृद्धि भएपनि लक्षण धेरै अधिक घातक छैन। यसैले धेरै कम रोगीहरूलाई अस्पतालमा भर्ती गराउने आवश्यकता परेको छ २०२२ को अक्टोबर महिनामा ६०० भन्दा धेरै रोगी संक्रमित थिए र लगभग छह महिनापछि यस प्रकारको स्थिति बनेको छ। यसैले सावधानी अन्तर्गत सरकारले यसमा नजर राखिरहेछ र आवश्यकतानुसार कदम उठाइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement