उत्तर-पश्चिमी भारतले बुधवारदेखि लूबाट राहत पाउने

Local-winds-of-India.jpg

नयाँ दिल्ली: उत्तर-पश्चिमी भारतका मानिसहरूलाई बुधवारदेखि केही राहत मिल्ने आशा छ। मौसम विभाग अनुसार उत्तर-पश्चिम भारत सहित दिल्ली अनि वरपरका क्षेत्रहरूमा बुधवारदेखि लू चल्नेछैन। पश्चिमी विक्षोभको कारणले दिल्ली औ वरपरका क्षेत्रहरूको तापमानमा अलिकति ह्रास आउनेछ। आईएमडीकी मौसम वैज्ञानिक सोमा सेन रायले बताइन्, पंजाब, हरियाणा र उत्तर प्रदेशमा पछिल्ला केही दिनदेखिको तापमान ४० डिग्रीदेखि माथि रेकर्ड गरिँदैछ यसको साथै देशको पूर्व-प्रायद्वीप क्षेत्रका केही जिल्लाहरूमा भीषण लू महसूस गरिएको छ। अब यी क्षेत्रहरूले भीषण गर्मीदेखि राहत पाउनेछन्।
वैज्ञानिक सोमा सेनले बताइन्, बुधवारदेखि पूर्वी उत्तर प्रदेशमा थप दुई दिन लू चल्ने सम्भावना छ। पश्चिमी विक्षोभको कारणले ओड़िशा, बिहार, पश्चिम बंगाल, आन्ध्रप्रदेशमा पनि गर्मीबाट राहत पाइनेछ।

About Author

Advertisement