नयाँ दिल्ली: दिल्लीदेखि श्रीनगर गइरहेको स्पाइसजेट एयरलायन्सको विमानलाई इन्दिरा गान्धी अन्तरराष्ट्रीय (आईजीआई) हवाई अड्डामा आपतकालीन अवतरण गर्नुपर्यो।स्पाइसजेट एयरलायन्सको यो विमानलाई ककपिट खराब भएको गलत चेताउनीको कारणले आईजीआई हवाईड्डामा पुनः उत्रिनुपर्यो। यस विमानमा सवार सबै १४० यात्री सुरक्षित छन्।एयरलायनले मंगलवार जारी बयानमा बताइएको छ, ककपिटमा खराबीको झूटो चेताउनीले गर्दा विमानलाई फेरि दिल्ली उत्रिनुपयो। कम्पनीले बतायो, दिल्लीदेखि श्रीनगर गइरहेको स्पाइसजेटको बी-७३७ विमान जसको उड़ान संख्या एसजी-८३७३ थियो, लाई ककपिटमा एएफटी कार्गो फायर लाइट बलेको कारणले पुनः दिल्लीमा अवतरण हुनुपर्यो ।कम्पनी अनुसार पछि क्याप्टनको कारबाहीले बत्ती बल्न छोड्यो र सबै परिचालन मापदण्डहरूलाई सामान्य पाइएको छ। बयान मुताविक पछि एएफटी कार्गो खोल्दा आगो वा धुवाँको कुनै चिनो पाइएन। प्रारम्भिक अनुमानको आधारमा चेताउनलाई गलत पाइयो। विमानमा १४० यात्री सवार थिए भने सबैलाई सुरक्षित रूपले विमानबाट उतारिएको छ।