कोलकाता: खिदिरपुर डकमा तैनात कस्टम सुपरिटेन्डेन्टलाई केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले घुस लिंदै गरेको रेड ह्याण्डेड समाएको छ। उसको पहिचान पवन कुमारको रूपमा गरिएको छ। सीबीआईका प्रवक्ता आरके गौड़ अनुसार, मंगलवार पवन कुमारलाई ५० हजार रूपियाँ घूस लिँदै गरेको फेला पर्दा पक्राउ गरियो। एक कम्पनीको मालिकले चीनबाट केही समान इम्पोर्ट गरेको थियो। जनवरीमा समान आयो तर त्यसलाई रिलीज गर्नका लागि कस्टम सुपरिटेन्डेन्टले कस्टम हाउसको एक एजेन्टको माध्यमले तीन लाख रूपियाँ मागिरहेको थियो। पछि एक लाख र अन्तमा ५० हजार रूपियाँ लिएर समान रिलीज गर्न तयार भयो। यस प्रक्रियामा चार महिनाको समय लाग्यो, जसले गर्दा कारोबारीलाई तीन लाख रूपियाँ लीज दिनपर्यो।कारोबारीले सीबीआई कहाँ यससित सम्बन्धित शिकायत दर्ता गरायो। जसपछि योजना बनाइयो र कम्पनीको प्रतिनिधि बनेर सीबीआईको अधिकारीले सम्बन्धित कस्टम अधिकारीसित भेट गरे। पवन कुमारलाई ५० हजार रूपियाँ लिंदै गरेको क्यामरामा कैद गरियो, जसपछि उसलाई तुरन्तै पक्राउ गरियो। पवन कुमार खिदिरपुर स्थित आवास र बिहार स्थित पैतृक आवासमा छापामारी भएको छ। ताकि उसको सम्पत्ति कति छ, यसको पत्तो लगाउन सकियोस्।