हैदराबाद: जी-२० डिजिटल इकोनोमी वर्किंग ग्रुप (डीईडब्ल्युजी) को बैठक मङ्गलबार हैदराबादमा आयोजित भयो। बैठकमा जी-२० सदस्य राष्ट्रहरूका साथै आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूका १४० प्रतिनिधिहरू सहभागी थिए। दोस्रो दिन ‘म्युचुअल रिकग्निसन फ्रेमवर्क अन डिजिटल स्किल’ सम्बन्धी कार्यशाला आयोजना गरिएको थियो। कार्यशालाले सीमापार डिजिटल सीपहरू पहिचान गर्न सकिने तरिकाहरू पत्ता लगाएको थियो। जी-२० प्रतिनिधिहरूले आईआईटी हैदराबादको भ्रमणको क्रममा मेड-इन-इन्डिया ५जी बेस स्टेशन सब ६ र एमएमडब्ल्यु र एनबी-एलओटी चिपहरूको बारेमा पनि बुझेका थिए।

यस बाहेक पहिलो सत्रमा डिजिटल स्किलिङको बारेमा छलफल भएको थियो। डिजिटल सीप सम्बन्धी ठोस र व्यावहारिक कदमहरू बारे विस्तृत छलफल भयो। बैठकको पहिलो दिन विभिन्न क्षेत्रका विज्ञहरूले उच्च गतिको मोबाइल ब्रोडब्यान्ड र यसले समाजमा पार्ने प्रभाव, डिजिटल समावेशीकरण र दिगो हरित डिजिटल पूर्वाधार–चुनौती र अवसरहरूबारे छलफल गरेका थिए। बैठकको क्रममा डीओटीले तीन विषयगत सत्रहरू आयोजना गर्यो। उच्च गतिको मोबाइल ब्रोडब्यान्ड र यसको प्रभावको प्यानलले उच्च गतिको कनेक्टिभिटी, शिक्षा, स्वास्थ्य र कृषि जस्ता क्षेत्रहरूमा डिजिटल सेवाहरू सम्बन्धी विषयहरूमा छलफल गरेको थियो। मोबाइल इन्टरनेट, स्मार्टफोनको पहुँच र ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिक र जनतालाई सहयोग उपलब्ध गराउने सन्दर्भमा रहेको खाडललाई पूरा गर्न थप उपायहरू अवलम्बन गर्ने विषयमा पनि छलफल भएको छ।
‘डिजिटल इन्क्लुजन– कनेक्टिङ द अनकनेक्टेड’ सम्बन्धी छलफलमा डिजिटल रूपान्तरणका लागि मानिसलाई जोड्ने कुरामा जोड दिइएको थियो। यसका साथै पूर्वाधार र डिजिटल सीप जस्ता महत्वपूर्ण पक्षहरूबारे पनि छलफल भएको थियो। यसबाहेक ‘सस्टेनेबल ग्रीन डिजिटल इन्फ्रास्ट्रक्चरः चुनौती र अवसर’ विषयमा लामो छलफल भएको थियो। तीन दिने सम्मेलन डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, साइबर सुरक्षा र सीपमा केन्द्रित थियो। यसअघि, जी-२० को डिजिटल इकोनोमी वर्किंग ग्रुपको पहिलो बैठक लखनउमा भएको थियो जहाँ डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, डिजिटल इकोनोमीमा साइबर सुरक्षा र आधुनिक डिजिटल प्रविधिहरूलाई समर्थन र पहिचान गर्न डिजिटल स्किलिङमा छलफल भएको थियो।