गुवाहाटीः राज्यपाल गुलाब चन्द कटारियाले असमका पूर्व राज्यपाल लेफ्टिनेन्ट जनरल अजय सिंहको निधनमा शोक व्यक्त गरेका छन्। एक सन्देशमा राज्यपाल कटारियाले भने, असमका पूर्व राज्यपाल ले.ज. को निधनमा गहिरो दुःख लागेको छ। अजय सिंह जसले गहिरो प्रतिबद्धताको साथ राज्यको सेवा गरे। उनको निधन एक ठूलो क्षति हो। असम वास्तवमा भाग्यशाली थियो किनभने त्यससित यस्तो नेता थियो, जसले सम्मानको साथ राज्यको सेवा गरे। यद्यपि, उनको मृत्युमा मेरो दुःखलाई व्यक्त गर्नका लागि कुनै पनि शब्द पर्याप्त हुनेछैन, म पूरा हृदयबाट स्वर्गीय ले.ज. अजय सिंहको शान्तिको निम्ति सर्वशक्तिमानसित प्रार्थना गर्दछु। उनको अद्भुत र कोमल आत्मा सदैव हाम्रो मनमा रहनेछ। शोक संतप्त परिवारप्रति मेरो गहिरो समवेदना’।
उल्लेख्य, राजभवनका अधिकारीहरू र कर्मचारीहरूले लेफ्टिनेन्ट जनरल अजय सिंहको स्मृति र सम्मानमा दुई मिनटको मौन राखे औं दिवंगत आत्माको शान्तिको निम्ति ईश्वरसित प्रार्थना गरे।