घैयाबारी ग्राम पञ्चायत तीनको उषाकिरण वुमेन्स मल्टीपर्पोस सोसाईटीले दार्जिलिङमा पाए तेस्रो पुरस्कार

IMG-20230418-WA0208.jpg

खरसाङ: दार्जिलिङ जिल्लाको ५ वटा खण्डहरूका स्वनिर्भर दलहरूका प्रतिनिधिहरूलाई लिएर आज दार्जिलिङको भानु भवनमा जीटीएको चिफ् एक्जीक्युटिभ अनित थापाले रिभ्यु मिटिङ गरेका छन्। उक्त रिभ्यु मिटिङमा दार्जिलिङ जिल्लाको पाँचवटा खण्डहरूका स्वनिर्भर दलहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए। दार्जिलिङको भानु भवनमा सम्पन्न उक्त सभा पाँचैवटा खण्डहरूका स्वनिर्भर दलहरूद्वारा गठित मल्टीपर्पोस सोसाईटीलाई पुरस्कृत गरिएको थियो।

यस अन्तर्गत खरसाङ खण्ड अन्तर्गत घैयाबारी तीन ग्राम पञ्चायतको उषाकिरण वुमेन्स मल्टीपर्पोस को-ओपरेटिभ सोसाईटी लिमिटेडले सर्वश्रेष्ठ संघको तेस्रो पुरस्कार प्राप्त गरेको छ। त्यसरी नै दार्जिलिङको क्यापिटल हलमा आजदेखि तीन दिवसीय सृष्टि श्री मेला शुरु भएको छ। उक्त मेलामा विभिन्न स्थानहरूबाट आएका स्वनिर्भर दलहरूले खाद्यहरूका स्टलहरू, सिलाई बुनाईको सामानहरू, फलहरू प्रदर्शनीमा राखिएको थियो।

उक्त सृष्टि श्री मेलामा घैयाबारी ग्राम पञ्चायत तीनको स्वनिर्भर दलहरूले पनि विभिन्न खाद्यान्नहरू प्रदर्शनीमा पनि राखेका थिए भनी घैयाबारी ग्राम पञ्चायत तीनको उषाकिरण वुमेन्स मल्टीपर्पोस को-ओपरेटिभ सोसाईटी लिमिटेडको संसद ८ को बीओडी दिपमाला छेत्रीले जानकारी गराएका छन्।

About Author

Advertisement