काठमाण्डौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसंघीय प्रतिनिधिलले भेट गरेको छ । संयुक्त राष्ट्रसंघकी उपमहासचिव एवं एसिया तथा प्यासिफक आर्थिक तथा सामाजिक आयोग (एस्क्याप) की कार्यकारी सचिव अर्मिदा सलसिंह अलिसझावनाले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यलयमा प्रचण्डसँग शिष्टाचार भेट गरेकी हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा उनीहरूबीच नेपाल र एस्क्यापबीच साझेदारीका विषयमा छलफल भएको छ। साथै, अतिकम विकसित राष्ट्रको सूचीबाट नेपाल सन् २०२६ मा विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुने प्रक्रियामा रहेको विषयमा समेत छलफल भएको जनाइएको छ ।