कुचबिहार: तुफानगञ्ज ब्लक २ अन्तर्गत भानुकुमारी २ ग्राम पञ्चायतको बालकुटी जोराई मोड क्षेत्रमा एक गृहिणीलाई आफ्नो ससुराली पक्षकाहरूले रुखमा बाधेर कुटे र पछि विषपान गराए। घटनामा उनलाई तुफानगञ्ज डिभिजन अस्पतालमा ल्याइएको र त्यहाँ उनको मृत्यु भएको बताइएको छ। मृतक गृहिणीको नाम लवली बिबी हो। पछि मृतकका आफन्तले ससुरा विरुद्ध लिखित उजुरी दिन बक्सिरहाट पुलिस चौकी जाँदा मृतकका आफन्तलाई पुलिसले दुर्व्यवहार गरेको आरोप छ। यसको विरोधमा मृतकका आफन्तले तुफानगञ्जको शालबारी १ ग्राम पञ्चायतको बाँसला क्षेत्रमा आज विरोध प्रदर्शन गरेका थिए। सूचना पाएपछि बक्सिरहाट थानाको पुलिस घटनास्थल पुग्यो। पुलिसको आश्वासनमा करिब दुई घण्टापछि अवरोध हटाइएको थियो।