अलिपुरद्वार: राज्य मन्त्री बेचराम मन्नाले मङ्गलबार अलिपुरद्वारको ब्लक नम्बर-१ अवस्थित कृषक बजारमा सुफल बंगाल मार्केटिङ सेन्टरको उद्घाटन गरे। उद्घाटन समारोहमा उनका साथमा जिल्ला अधिकारी सुरेन्द्र कुमार मीना र अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए। मन्त्री बेचराम मन्नाले उद्घाटन समारोहमा भने -सुफल बंगला मार्केटिङ सेन्टरले एकातिर किसान लाभान्वित हुन्छन् भने अर्कातिर खरिदकर्तालाई पनि फाइदा हुनेछ। उनले सुफल बंगाल मार्केटिङ सेन्टरको बंगालमा ठूलो माग रहेको बताए।