अलिपुरद्वार: पुलिसले भारतीय नभई जर्मन पेट्रोलबाट बनेको १० थान आरासहित एक युवकलाई पक्राउ गरेको छ। तस्करी गर्नुअघि नै उनी पुलिसको जालमा परे। मदारीहाट थाना पुलिसले जयगाउँ इलाकाबाट नीरजकुमार शाह नाम गरेका उक्त युवकलाई पक्राउ गरेको हो ।यो जर्मन आरा भुटानबाट तस्करी हुँदै आएको थियो। उनलाई एशियाली राजमार्ग नम्बर ४८ स्थित हलङ प्यासेन्जर टर्मिनलबाट पक्राउ गरिएको हो। मदारीहाट पुलिस चौकीका ओसी गौरव हंसदाका अनुसार जयगाउँ निवासी नीरज कुमारलाई चोरीका १० थान जर्मन साइन आरासहित पक्राउ गरिएको हो। पक्राउ परेका विरुद्ध मुद्दा दर्ता गरिएको उनले बताए।