धर्मगुरु दलाई लामाको समर्थनमा हाम्रो पार्टी

b3fe159a-c460-46e9-b7b7-4a1e73ba274c

मिरिक: केही दिन अघि बौद्ध धर्मगुरु दलाई लामा विरुद्ध मूलधारका केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूले उनको आचारप्रति प्रश्न उठाउँदै एउटा भिडियो भाइरल गरेको थियो। उक्त भिडियोमा आध्यात्मिक गुरु दलाई लामाले आफ्ना एक अनुयायीलाई चुम्बन गरेको दृश्य प्रस्तुत गरिएको थियो। यसैको विरोध गर्दै हिजो दार्जीलिङको चौरस्तामा बौद्ध धर्म तथा दलाई लामाका समर्थकहरूले एउटा विरोध प्रद्रशन गरेका थिए। उनीहरूले एक गुरुले आफ्ना एक अनुयायीलाई स्नेह गरेको दृश्यलाई गलत ढङ्गबाट ब्याख्या गर्दै दुष्प्रचार गरिएको भन्दै विरोध गरे तथा दोशीहरूले माफी माग्नुपर्ने मांग पनि गरेका छन्। यसैबीच हाम्रो पार्टी मिरिक शाखाका अध्यक्ष प्रशान्त लामाले एक विज्ञप्ति जारी गर्दै दलाई लामाको समर्थन गरेका छन्। उनले यस किसिमको दुष्प्रचार गरिनु अत्यन्त दुर्भाग्यपूर्ण र दुर्नियतपूर्ण भएको उल्लेख गरेका छन्। लामाले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् -“हामी परम पावन दलाई लामाको प्रेम, करुणा र बुद्धि फैलाउने उहाँको खोजीमा उभिन्छौं। परम पावन दलाई लामाको जय होस्।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement