हिमाली बोर्डिङ स्कूल र लुइस अंग्रेजी स्कूल बने विजेता

खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा आज खरसाङको चानमारी खेल मैदानमा एक दिवसीय भलिवल कार्निभल सम्पन्न भएको छ। विद्यालय स्तरीय उक्त भलिवल कार्निभलमा बोइस र गर्ल्स गरी दुईवटा क्याटोगरीमा भलिबल टुर्नामेन्ट खेलाइएको थियो। यसमा बोइस क्याटोगरीमा तीनवटा स्कूलहरू क्रमैले खरसाङबाट हिमाली बोर्डिङ स्कूल र ग्लेनहिल पब्लिक स्कूल अनि मिरिकबाट लुइस अंग्रेजी स्कूलहरूले सहभागिता जनाएका थिए। त्यसरी नै गर्ल्स क्याटोगरीमा चारवटा स्कूलहरू क्रमैले लुइस अंग्रेजी स्कूल मिरिक, ग्रिन ल्यान स्कूल मिरिक, ओरेन्ज लेक स्कूल मिरिक र खरसाङबाट हिमाली बोर्डिङ स्कूलले भाग लिएका थिए। यस एक दिने भलिवल कार्निभल अन्तर्गत बोइस क्याटोगरीमा खरसाङको हिमाली बोर्डिङ स्कूल बिजय बनेका छन् भने मिरिकको लुइस अंग्रेजी स्कूल उप विजेता बनेका छन्। उक्त बोइस क्याटोगरीको खेलमा हिमाली बोर्डिङ स्कूलको साहिल थापा म्यान अफ् द म्याच चयन भएका छन्। त्यसरी नै अनुशासित टिम खरसाङको ग्लेनहिल पब्लिक स्कूल चयन भएका छन्।

त्यसरी नै गर्ल्स क्याटोगरीमा मिरिकको लुइस अंग्रेजी स्कूल विजेता बनेका छन् भने मिरिककै ग्रिन लन स्कूल उप विजेता बनेका छन्। गर्ल्स क्याटोगरीमा प्लेयर अफ् द म्याच लुइस स्कूलकी छात्रा दिया तामाङ चयन भइन् भने प्लेयर अफ् द सिरिज मिरिकको यसै स्कूलकी खेलाड़ी प्रनिता थापा चयन भएका छन्। एक दिने भलिवल कार्निभल विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको उपाध्यक्ष फुर्बा घिसिङले खरसाङ गोर्खा पार्वत्य खेलकूद संघले आफ्नो वार्षिक खेलकूद क्यालेण्डर अनुसार पहिलो टुर्नामेन्ट भलिबल कार्निभलको रूपमा विद्यालय स्तरीय भलिवल कार्निभल आयोजना गरेको बताएका छन्। उनले भलिवल कार्निभल अन्तर्गत ओपेन पनि राखिएको थियो तर टिम नपुगेको कारणले ओपेनलाई स्थगित राखेर विद्यालय स्तरीय मात्रै खेलाइएको जानकारी गराएका छन्।

उपाध्यक्ष फुर्बा घिसिङले खरसाङ गोर्खा पार्वत्य खेलकूद संघद्वारा आगामी 30 अप्रेलदेखि १० मईसम्म टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट र खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्ट आयोजना गर्न गईरहेको बताउँदै भाग लिन चाहानेहरूले खरसाङ गोर्खा पार्वत्य खेलकूद संघसित सम्पर्क गर्न सक्ने पनि बताएका छन्।