पञ्चायत चुनावलाई ध्यानमा राख्दै हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको सभा सम्पन्न

IMG-20230418-WA0218.jpg

दार्जीलिङ: पञ्चायत चुनावलाई ध्यानमा राख्दै हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले कम्बर कसेको छ।दार्जिलिङको नेरू रोडस्थित हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्डको नीजि वासस्थानमा आज हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले पार्टीको नेतृत्वहरूसँग बैठक बसेको थियो। बैठकमा संघ केन्द्रीय अध्यक्ष डीके गुरूङ स्वयम् उपस्थित रहेका थिए भने पार्टीको पक्षबाट दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष पुरण तामाङ, खरसाङ ब्राञ्च अध्यक्ष विमल तामाङ, मिरिक ब्राञ्च अध्यक्ष प्रशान्त लामा र लाडुप घिसिङ उपस्थित रहेका थिए। दुई घण्टाभन्दा लामो समयसम्म चलेको बैठकमा आगामी दिनमा सम्पन्न हुने पञ्चायत चुनावलाई ध्यानमा राख्दै जीटीए क्षेत्रको ८७ वटा चिया बगानहरूमा शीघ्र हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको शाखा प्रशाखाहरूको गठन गरेर पञ्चायत चुनावको निम्ति तयारी गर्ने निर्णय लिएको छ। हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले आफ्नो गठनकालदेखि नै चिया श्रमिकहरूले भोग्दै आएको समस्याहरूलाई समाधानको आवाज उठाउँदै आईरहेको र हाम्रो पार्टीले शुरूदेखि नै क्षेत्रीय समस्याहरूदेखि लिएर गोर्खा जातिको जातिया मुद्वालाई उठाउँदै आईरहेको छ भनी हाम्रो पार्टीले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement