बीडीओको आश्वासनमा धरना उठ्यो

a8ea71b8-62ae-4c49-aac7-af3fb852e17c

कालचिनीः डिमा चियाबारी कर्तृपक्ष विरुद्ध गत १४ अप्रेलको दिनदेखि चिया श्रमिक दिलीप राईले आफ्नो परिवारलाई लिएर घर नजीकै यात्री प्रतीक्षालयमा धरना शुरु गरेको थियो भने मंगलाबार प्रायः ५ दिनको अन्तरालमा कालचिनी बीडीओ प्रशान्त बर्मन उक्त धरना स्थलमा पुगेर श्रमिक परिवारलाई समस्या समाधानको आश्वासन दिएपछि श्रमिक दिलीप राईको परिवारले धरना फिर्ता लिएको छ। डिमा चियाबारीको श्रमिक दिलीप राईलाई कमान प्रबन्धनपक्षले सोकज नोटिस जारी गर्दै कामबाट सस्पेन्ड राखेको थियो भने आफ्नो जमीनमा आयश्रोतको निम्ति सानो दोकान खोल्दा कमान प्रबन्धनपक्षले सोकज नोटिस दिएको र कामबाट वञ्चित गराएकोले गत १४ अप्रेलको दिनदेखि धरना शुरु गरेको थियो।
मंगलवार ५ दिनको अन्तरालमा कालचिनी बीडीओ प्रशान्त बर्मन सो धरनामा बस्ने श्रमिक परिवार सदस्यहरूसित भेटेर आगामी सोमबार कमान प्रबन्धनपक्ष र श्रमिक परिवारलाई राखेर बैठक गर्ने र दोकान भत्काउन नदिने र कामको हाँजीरा दिलाउने आश्वासन दिएकोले नै धरना उठाएको श्रमिक दिलीप राईको छोरा बिक्रम राईले बताएका छन्। अर्कोतिर डिमा चियाबारीका सिनियर म्यानेजर अभीजित शर्माले धरना बारेमा कमान प्रबन्धनपक्षको कुनै सरोकार नरहेको तर बीडीओ साहेबले आज बोलाउँदा आफूहरू पुगेर कमानको जम्मै कागजपत्र देखाएको र धरना स्थलमा कमानको कुनै सरोकार नरहेको र कमानको अनुशासनात्मक कार्रवाई जो छ त्यस अनुरुप कमानले कार्य गर्ने जनाएका छन्।यता श्रमिक परिवारलाई बीडीओले पानी खुवाएर आश्वासन दिई धरना उठाईएको धरनाकारी परिवारको साथमा रहेको संगठन यूबीसीएसएसको पक्षबाट बिकेन सोनारले बताएका छन्। उल्लेखनीय छ, धरनामा बसेका श्रमिक परिवार दिलीप राईको साथमा केही चिया श्रमिक संगठनहरू पीबीसीएमएस, यूबीसीएसएस, आगोस र एसएनएस रहेको बताईएको छ भने जमीन विवाद लिएर उठेको समस्याको समाधान आगामी सोमबार सम्पन्न हुने बैठकले तय गर्ने गर्ने बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement